
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले लुम्विनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भूभागमा हल्का हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ६ बजेर ३० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३ मिनेटमा हुनेछ ।