जोडिनुहोस
बिहिबार, फाल्गुन १५, २०८१
बिहिबार, फाल्गुन १५, २०८१
  • होमपेज
  • सुनको भाउ घट्यो, चाँदीको सामान्य बढ्यो

सुनको भाउ घट्यो, चाँदीको सामान्य बढ्यो

सुनको भाउमा आज दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ थियो । अस्ति मङ्गलवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

धेरै टिप्पणी गरिएका