
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज नेप्से एकै दिन ४९।१५ अंकले बढेर बजारमा उछाल आएको हो । मौद्रिक नीतिको दोस्रो समीक्षा पछि आएको शेयर बजारमा उछाल आएको छ ।
आज एकै दिन नेप्से १.७७ प्रतिशतले बढेर २८१५ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा ११ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।
आज १८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ३२ पटक शेयर किनबेच भएको छ ।
आज सबै समूहमा हरियाली छाउँदा सबैभन्दा बढी वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह ३।३२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम फाइनास समूह ०.२८ प्रतिशतले बढेको छ ।