जोडिनुहोस
शुक्रबार, फाल्गुन १६, २०८१
शुक्रबार, फाल्गुन १६, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको छ ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा निस्केका थिए ।

धेरै टिप्पणी गरिएका