जोडिनुहोस
शुक्रबार, फाल्गुन १६, २०८१
शुक्रबार, फाल्गुन १६, २०८१
  • होमपेज
  • ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन

ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिचेर अघि बढ्ने कुरामा उस्ताद भएको टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टी  (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री ओलीमाथि गम्भीर टिप्पणी गरेका हुन् ।

‘अहिलेका हाम्रा प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ । त्यो गर्ने कुरा प्रति गौरव बोध गर्नुहुन्छ,’ नेपालले भने, ‘उहाँलाई संविधानप्रति मतलब छैन, कानुनप्रति मतलब छैन । विधिसँग मतलब छैन । र, व्यापक परामर्श, छलफलसँग पनि कुनै मतलब छैन ।’

अध्यक्ष नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको अन्तर्वस्तु नै ठिक नभएको पनि बताए । ‘यसको त उद्देश्य पनि ठिक छैन । अरु अध्यादेशको बारेमा यो–यो राम्रो पनि भन्न सकिएला,’ उनले भने, ‘यस  (भूमिसम्बन्धी अध्यादेश)को त अन्तर्वस्तु पनि ठिक छैन, छ वटा अध्यादेशमध्ये ।’

अध्यादेशका अन्तर्वस्तु ठिक भए पनि ठीक ढंगले तरिका नअपनाए देशको विधिको शासनमाथिको प्रहार हुने पनि जिकिर गरे । ‘तर, ठिक भएता पनि यदि, तरिका ठिक अपनाइएन भने, विधि अवलम्बन गरिएन भने, कानुनको सम्मान गरिएन भने, त्यसले देशको विधिको शासनमाथि प्रहार हुन्छ,’ अध्यक्ष नेपालले भने ।

धेरै टिप्पणी गरिएका