जोडिनुहोस
शुक्रबार, फाल्गुन १६, २०८१
शुक्रबार, फाल्गुन १६, २०८१
  • होमपेज
  • एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न

एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न

रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न भएको छ । गएराति पाँच वटै फ्लडलाइटको परीक्षण गरिएको हो । निजी क्षेत्रको पहलमा तिलोत्तमामा बनेको क्रिकेट मैदान प्राविधिक पक्षहरू सुधार गरेसँगै केही दिनभित्रै परीक्षण सम्पन्न गर्ने तयारी भएको प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिनुभयो । ७ करोड रुपैयाँभन्दा बढी खर्च गरी फ्लडलाइट जडान गरिएको हो । निजी क्षेत्रले बनाउने काम गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको उहाँको भनाइ छ ।

डेढ वर्षअघि मैदान बनाउन शुरू भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मापदण्ड अनुसार आवश्यक कामहरू पूरा गरेको प्रबन्ध निर्देशक कुँवरले बताउनुभयो । उहाँका अनुसार भीआईपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको छ । प्याराफिट बनाउने काम बाँकी छ ।

यही फागुन २५ गतेदेखि शुरू हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुँदैछन् । प्रधानमन्त्री कपका लागि मैदानमा आवश्यक काम भइरहेको छ । अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँभन्दा धेरै खर्च भइसकेको कुँवरले बताउनुभएको छ ।

धेरै टिप्पणी गरिएका