जोडिनुहोस
शुक्रबार, फाल्गुन ३०, २०८१
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • भूमध्य सागरको १६ हजार ७ सय ७० फिटसम्म फोहोर पुग्यो

भूमध्य सागरको १६ हजार ७ सय ७० फिटसम्म फोहोर पुग्यो

भूमध्य सागर युरोपको सबैभन्दा गहिरो फोहोर फाल्ने ठाउँ बनेको नयाँ अध्ययनले देखाएको छ । आयोनियन सागरको ५ हजार १ सय १२ मिटर गहिरो अर्थात् १६ हजार ७ सय ७ फिट तल क्यालिप्सो डीप सम्म मानव गतिविधिबाट उत्पन्न प्लास्टिक फोहोर फेला परेको अध्ययनमा उल्लेख छ ।

समुद्रको फेदमा कुल १ सय ६७ थरी वस्तुहरू फेला परेकामा मुख्यतया प्लास्टिकका कन्टेनरहरू रहेका अध्ययनमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । समुद्रमा भेटिएका फोहोरहरूमा ८८ प्रतिशत प्लास्टिकजन्य रहेका ुमरिन पोलुसन बुलेटिनु मा प्रकाशित अध्ययनले खुलासा गरेको छ ।

फोहोरका कारण समुद्री जीव पनि मारिने गरेका र धेरै जीवहरू लोप हुने सङ्घारमा रहेका अध्ययनमा उल्लेख छ । फोहोरका कारण समुद्रमा पनि डेड जोन बनिरहेका छन् । ुडेड जोनु भनेको यी समुद्री क्षेत्रहरूमा जीवनको सम्भावना समाप्त हुँदैछ भन्नु हो ।

वातावरण संरक्षण निकायको प्रतिवेदन अनुसार हरेक वर्ष ८ देखि १२ मेट्रिक टन प्लास्टिक समुद्रमा फ्याँकिन्छ । अहिले विश्वभरका समुद्रको सतहमा १५ देखि ५१ ट्रिलियन प्लास्टिकका टुक्राहरू तैरिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका