
‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा विपक्षी दलहरूले मत विभाजन मागेका छन् । सोमबार यो विधेयकमाथि संसदमै दफावार छलफल भएको थियो । दफावार छलफलका क्रममा आफूहरूले राखेको विषयको सम्बोधन नभएको भनेर विपक्षी दलहरूले मत विभाजन माग गरेका हुन् । विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे । सभामुखसँग समय लिएर रास्वपाका सांसद गणेश पराजुलीले मत विभाजन माग गरेका हुन् ।