जोडिनुहोस
  • होमपेज
  • पत्रकार महासङ्घ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

पत्रकार महासङ्घ गण्डकीले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासङ्घ आन्दोलित छ ।

महासङ्घ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सो पत्र बुझाएका हुन् ।

पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले राजावादीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति सत्यतथ्य पत्ता लगाएर राज्यको तर्फबाट गर्नुपर्ने सहयोग तथा दोषीलाई कानूनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

ध्यानाकर्षणपत्र वाचन गर्दै महासङ्घ गण्डकी अध्यक्ष पौडेलले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासङ्घ गण्डकीले माग गरेको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका