जोडिनुहोस
  • होमपेज
  • विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार : तीन प्रहरी हटाइए, छानबिन सुरु

विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार : तीन प्रहरी हटाइए, छानबिन सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकमाथि गरेको दुर्व्यवहारपछि तीन जना प्रहरीलाई ड्युटीबाट हटाइएको छ। युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि भएको लछारपछारको भिडियो सार्वजनिक भएपछि प्रहरीमाथि चौतर्फी आलोचना भएको थियो।

घटना सार्वजनिक भएपछि ती तीन जना प्रहरीलाई तत्काल जिम्मेवारीबाट हटाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको छ। एसएसपी शेखर खनालका अनुसार, उनीहरूलाई हटाएर आवश्यक छानबिन प्रक्रिया सुरु गरिएको छ।ू

भिडियोमा देखिएअनुसार, आइतबार बिहान ११ बजे ओझा युएईबाट फर्किएर आफन्तको पर्खाइमा थिए। त्यही बेला ट्याक्सीबारे सोध्दै एक युवक आएको र त्यसपछि प्रहरीसँग विवाद उत्पन्न भएको थियो। विवादपछि प्रहरीले ओझालाई लछारपछार गर्दै आगमन कक्षभित्र लगेको दृश्य भिडियोमा देखिन्छ।

प्रहरीले उनलाई एकभन्दा बढीपटक हिर्काएकोसमेत देखिएको छ, जसले घटनाप्रति जनआक्रोश थप बढाएको छ। हाल घटनाबारे छानबिन भइरहेको छ र दोषी प्रहरीमाथि आवश्यक कारबाही गरिने संकेत प्रहरी कार्यालयले दिएको छ।

Capture-1744792802.JPG

प्रचलन खबर

धेरै टिप्पणी गरिएका