जोडिनुहोस
  • होमपेज
  • पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध जबरजस्ती करणी अभियोगमा पक्राउ पुर्जी जारी

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध जबरजस्ती करणी अभियोगमा पक्राउ पुर्जी जारी

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख तथा मधेशवादी अभियन्ता डा. राजेश अहिराजविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, प्राप्त जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। “जाहेरीमा उल्लेख गरिएका दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,” ।

जाहेरी अनुसार, डा. अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक र मानसिक यातना दिँदै आएको आरोप छ। प्रारम्भमा पीडितले राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी थिइन् भने पछि केही महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा माघ १० गते जाहेरी दिएकी थिइन्।

प्रहरीले फागुन ३ गते उक्त जाहेरीलाई कार्यालयको दर्ता किताबमा अभिलेख गराएको थियो। सोही आधारमा जिल्ला अदालत काठमाडौंमा पक्राउ आदेशका लागि निवेदन दिइएको र अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएकाे छ ।

पक्राउ पुर्जी जारी भएको चार दिन बितिसक्दा पनि अहिराज अझैसम्म प्रहरी सम्पर्कमा आएका छैनन्।

जाहेरवालीको परिचय गोप्य राखिएको छ । प्रहरी अभिलेखमा जाहेरवालीकाे परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) राखिएकाे छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका