जोडिनुहोस
  • होमपेज
  • सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ ; पोखरेल

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ ; पोखरेल

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले बजेट अधिवेशनबाट शिक्षा विधेयक ल्याउन अनिवार्य भएको बताएका छन् ।

उनले त्यसका लागि सरकारले विश्वास दिलाउने र आन्दोलनरत शिक्षकहरुले पनि सरकारलाई विश्वास गरेर काममा फर्किनुपर्ने बताए ।

पोखरेलले भने, ‘सरकारले यो बजेट अधिवेशनबाट शिक्षा र निजामति विधेयक ल्याउन अनिवार्य छ । आन्दोलनरत शिक्षकहरुलृ पनि सरकारलाई विश्वास गर्नु पर्यो, त्यसका लागि वरु निश्चित समयको अल्टिमेटम दिएर भएपनि शिक्षकहरु तत्काल कार्यस्थलमा फर्किनु बुध्दिमानी हुनेछ।’

सरकारले विधेयक ल्याउन चाडै गृहकार्य सुरु गर्नुपर्ने बताए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत पुरा गर्ने कुरामा विश्वस्त हुन उनले आन्दोलनमा रहेका शिक्षकहरुलाई आग्रह गरेका छन् ।

 

धेरै टिप्पणी गरिएका