जोडिनुहोस
  • होमपेज
  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ ।

मुख्य प्रशिक्षकका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य गरिएको छ । यस्तै सिनियर महिला वा उमेर समूहमा व्यावसायिक फुटबलमा दुई वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ । अहिले राजेन्द्र तामाङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् ।

यसैगरी एन्फाले पर्फमेन्स एनलिस्टका लागि पनि आवेदन माग गरेको छ । यस पदमा आवेदन दिनका लागि प्रख्यात संस्थाबाट लेभल–वान फुटबलमा फिटनेस कोर्स र डेटा एनालिस्टको प्रमाणपत्र लिएर एक वर्ष काम गरेको हुनुपर्नेछ ।

दुई वटै पदमा आउँदो मे २० सम्म आवेदन दिन सकिनेछ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help

छुटाउनु भयो कि?