जोडिनुहोस
  • होमपेज
  • शेयर बजार लगातार तेस्रो दिन घट्यो

शेयर बजार लगातार तेस्रो दिन घट्यो

शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ९ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय ८८ दशमलव ३२ विन्दुमा झरेको छ । मंगलबार होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, लगानी र व्यापार समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । मंगलबार कर्पोरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर ८ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

धेरै टिप्पणी गरिएका