जोडिनुहोस
  • होमपेज
  • शोक प्रस्ताव पारितसँगै राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक वैशाख १४ मा

शोक प्रस्ताव पारितसँगै राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक वैशाख १४ मा

काठमाडौँ । राष्ट्रिय सभाको १८ औँ अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

शुक्रवार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा सभा समक्ष पढेर सुनाए ।

लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका ज्ञात/अज्ञात शहीदहरूप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गरे ।

साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गर्यो ।

बैठकले दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवंगत बोहराप्रति सभाका सदस्यहरूले १ मिनेट उठेर मौन धारण गरे । राष्ट्रिय सभाको अर्को बैठक वैशाख १४ गते आइतबार बस्ने गरी अध्यक्ष दाहालले शुक्रवारको बैठक स्थगित भएको घोषणा गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका