जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा बोलेरो पल्टिँदा स्कुटर चालक महिलाको मृत्यु, चालक नियन्त्रणमा

भरतपुरमा बोलेरो पल्टिँदा स्कुटर चालक महिलाको मृत्यु, चालक नियन्त्रणमा

काठमाडौं । प्रेमबस्ती चोकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा स्कुटर चालक महिलाको ज्यान गएको छ। जिप र स्कुटर एकापसमा ठोक्किएपछि जिप पल्टिँदा स्कुटर चालक महिलालाई किचिएर घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार ना ५ च २६४४ नम्बरको बोलेरो जिपले सोही दिशाबाट अगाडि जाँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी भरतपुर–६ इन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्लेको घटनास्थलमै ज्यान गएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए। बोलेरो जिप ठोक्किएपछि सडकमै पल्टिएको थियो र त्यसक्रममा स्कुटरमा सवार वाग्लेलाई गम्भीर रूपमा किचेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण र घटनाका विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीको भनाइ छ।

सवारी दुर्घटनाको क्रम दिनानुदिन बढ्दै गएको सन्दर्भमा यस घटनाले पुनः सवारीसाधनको लापरवाही, सडक सुरक्षाको कमजोरी र ट्राफिक सचेतनाका विषयमा प्रश्न उठाएको छ।

धेरै टिप्पणी गरिएका