जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १३ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १५ घन्टा अगाडि
  • १५ घन्टा अगाडि
  • होमपेज
  • शिक्षक आन्दोलनमा नेताहरूको स्वागत होइन, विरोध : माधव नेपाल र झलनाथ खनालको टोली अपमानित

शिक्षक आन्दोलनमा नेताहरूको स्वागत होइन, विरोध : माधव नेपाल र झलनाथ खनालको टोली अपमानित

काठमाडौं । जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न पुगेका नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू आन्दोलनकारीहरूको चर्को विरोधका बीच लज्जासहित फर्कन बाध्य भएका छन्।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगे पनि शिक्षकहरूले उनीहरूलाई समर्थन होइन, आक्रोशपूर्ण नाराबाजीसहित विदा गरे। नेताहरूले आन्दोलनमा भाषणमार्फत ऐक्यबद्धता जनाउने तयारी गरे पनि आन्दोलनकारीहरूले ‘कोही नेता आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै कठोर प्रतिक्रिया जनाए।

यस्तो अप्रत्याशित विरोधपछि नेपाल–खनाल नेतृत्वको टोली तत्कालै फर्कनु बाध्य भयो। उनीहरूको सुरक्षाका लागि प्रहरीले गाडीसम्म स्कर्टिङको व्यवस्था गर्नुपर्‍यो।

शिक्षकहरूले आन्दोलनलाई कुनै राजनीतिक रंग नदिनु पर्नेमा जोड दिंदै नेताहरूको उपस्थितिलाई अस्वीकार गरेका हुन्। स्वतन्त्र र स्वाभाविक आन्दोलनको पक्षमा रहेको शिक्षकहरूको सन्देश स्पष्ट रूपमा प्रकट भएको देखिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs