जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीबाट राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल

प्रधानमन्त्रीबाट राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल गरेका हुन् । सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे ।

बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका