जोडिनुहोस
  • होमपेज
  • अतिप्रशोधित खानेकुराले अल्पायुमा हुने मृत्युको जोखिम ; अध्ययन

अतिप्रशोधित खानेकुराले अल्पायुमा हुने मृत्युको जोखिम ; अध्ययन

विभिन्न आठ वटा देशमा गरिएका अनुसन्धानको विश्लेषण अनुसार अतिप्रशोधित खानेकुराको प्रयोगले अल्पायुमै हुने मृत्युको जोखिम बढ्ने सम्भावना देखिएको छ । कोलम्बिया, चिली, मेक्सिको, ब्राजिल, अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकामा गरिएका अनुसन्धानको निष्कर्ष अनुसार केक, कूकीज लगायतका अतिप्रशोधित खानेकुराले अल्पआयुमा हुने मृत्युको जोखिम बढाउने देखाएको हो ।

ब्राजिलमा रहेको ओज्वाल्डो क्रुज फाउन्डेशनको टोलीले तयार पारेको बिश्लेषण अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित भएको छ । आलेखमा विज्ञहरूले सरकारहरूलाई पोषणसम्बन्धी मापदण्ड तय गर्न आह्वान गरेका छन् ।

प्रशोधित खानेकुराहरूलाई स्वादिलो, लामो समय टिक्ने बनाउनका लागि अधिक मात्रामा नुन, तेल वा चिनी प्रयोग गरिन्छ भने कतिपयलाई अमिल्याएर बनाउने पनि गरिन्छ । अतिप्रशोधित खानेकुराहरुमा आइसक्रीम, प्रशोधित मासु, चिप्स, पाउरोटी, बिस्कुट, प्याकेटबन्द पेय पदार्थ लगायत पर्छन् । यस्ता खानेकुरा चाख्नेबित्तिकै खाँऊखाँऊ लाग्ने गरी स्वादिष्ट हुन्छन् ।

धेरै टिप्पणी गरिएका