जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीसमक्ष खमबहादुरले लिए राज्यमन्त्रीको शपथ

प्रधानमन्त्रीसमक्ष खमबहादुरले लिए राज्यमन्त्रीको शपथ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राज्यमन्त्री गर्बुजाले शपथ लिएका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

धेरै टिप्पणी गरिएका