
कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।
धर्नामा बसेका एक युवक निराजन सिंहले भने, ‘भाषा परीक्षा पास गरेर बसेको १८ महिना बितिसक्यो । तर, जान पाएका छैनौं । रोस्टर अवधि २ वर्षको हुन्छ । बाँकी रहेको समयमा जान पाइन भने त भविष्य सकियो नि त !’




































