
नवलपुर । दाउन्ने सडकखण्ड फेरी अवरुद्ध भएको छ । आज बिहान परेको पानीले सडक चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस सडक खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।

































