जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको हवाई क्षेत्र बन्द, अन्तर्राष्ट्रिय उडानहरू प्रभावित

पाकिस्तानको हवाई क्षेत्र बन्द, अन्तर्राष्ट्रिय उडानहरू प्रभावित

कतार एयरवेजले पाकिस्तानको हवाई क्षेत्र बन्द भएको कारण पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा निलम्बन गरेको छ।

कतार एयरवेजले एक्समा यसको जानकारी दिँदै लेखेको छ, ‘एयरलाइनले अवस्थालाई नजिकबाट हेरिरहेको छ र आफ्ना यात्रु र क्रूको सुरक्षालाई प्राथमिकता दिन जारी राख्नेछ।’ एयरलाइन्सले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिने उल्लेख गर्दै, प्रभावित उडानहरूको पछिल्लो जानकारीका लागि आफ्नै आधिकारिक वेबसाइट हेर्न अनुरोध गरेको छ।

पाकिस्तानी अधिकारीहरूले लाहौर र कराचीका प्रमुख शहरहरूमा समावेश हुने हवाई क्षेत्र बन्द गर्नको लागि घोषणा गरेका छन्। यस्तै, एयर फ्रान्सले सीएनएनलाई दिएको विज्ञप्तिमा अर्को सूचना नभएसम्म पाकिस्तानमाथिको हवाई मार्ग प्रयोग नगर्ने र केही गन्तव्यहरूको उडान योजना परिमार्जन गरिरहेको जनाएको छ । जर्मन एयरलाइन्स लुफ्थान्साले पनि रोयटर्सलाई ‘अर्को सूचना नभएसम्म पाकिस्तानको हवाई क्षेत्रबाट बच्ने’ बताएको छ।

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको हो। उक्त आक्रमणपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14