जोडिनुहोस
  • होमपेज
  • काठमाडौं-हेटौंडा जोड्नका लागि पोडवे सेवा बनाउन बजेट विनियोजन गर्न माग

काठमाडौं-हेटौंडा जोड्नका लागि पोडवे सेवा बनाउन बजेट विनियोजन गर्न माग

नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले संघीय राजधानी काठमाडौं र हेटौंडा जोड्न पोडवे सेवा सञ्चालनमा ल्याउन विशेष प्राथमिकता दिएर आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बर्तौलाले यस्तो माग गरेका हुन् ।

‘पछिल्लो समयमा विश्वका धेरै देशहरूमा स्मार्ट पब्लिक ट्रान्सपोर्टेसनका रूपमा पोडवे सञ्चालनमा आइरहेका छन् । नेपालमा पनि यस्तो प्रचुर सम्भावना छ । झन्डै ४२ किलोमिटर लामो हेटौंडा-काठमाडौं रोपवे २०५९ सालदेखि बन्द अवस्थामा छ । संरचनाहरू जीर्ण छन् । त्यसै स्थानमा सरकारले बजेट बनाउँदै छ,’ उनले भने ।

तसर्थ आगामी आर्थिक वर्षमा स्मार्ट पब्लिक ट्रान्सपोर्टेसनका रूपमा बागमती प्रदेश राजधानी हेटौंडादेखि संघीय राजधानी काठमाडौं जोड्नका लागि पहिल्यैकै संरचनालाई आधार बनाएर पोडवे सेवा सञ्चालनका लागि बजेटको विनियोजन गर्न उनले सरकारसँग माग गरे ।

 

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help