जोडिनुहोस
  • होमपेज
  • भारतीय सीमाको नजिक ११ सय किलो गाँजा गाडिएको अवस्थामा फेला

भारतीय सीमाको नजिक ११ सय किलो गाँजा गाडिएको अवस्थामा फेला

काठमाडौं । सुनसरीको कटान खोलाको बगरमा प्रहरीले गाडिएको अवस्थामा १,१२० किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ३८ बोरामा प्याक गरिएको गाँजा भारत तस्करीका लागि तयार पारिएको अनुमान गरिएको छ।

हरिनगरा गाउँपालिका–५ र ६ को सीमामा पर्ने कटान खोलाको बगर क्षेत्रमा गाँजा लुकाएर राखिएको थियो। गाँजा फेला परेको स्थान भारतीय सीमा नजिक भएकाले यसलाई सीमा पार अवैध व्यापारसँग जोडेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी योगराज खतिवडाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए। ठूलो परिमाणमा गाँजा फेला परेपछि तस्करहरूको सक्रियता र नेटवर्कबारे थप जानकारी संकलन गरिनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Mod Apk v1 1.0Speed Hack No Ads Download