जोडिनुहोस
  • होमपेज
  • इरानबाट ११ नेपालीको आज उद्धार गरिँदै

इरानबाट ११ नेपालीको आज उद्धार गरिँदै

काठमाडौं । इरानको राजधानी तेहरानमा रहेका नेपाली नागरिकमध्ये ११ जनाको उद्धारका लागि भारतीय दूतावासले प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरूलाई आज (आइतबार) बिहान बसमार्फत तेहरानबाट कोमहुँदै मशहद पुर्‍याइने भएको छ । उद्धार हुनेहरूमा हरि थापा, उनका परिवार सदस्य, बुटवलका गणेश पोखरेलसहित विभिन्न शहरका नेपालीहरू छन । जो वर्षौँदेखि तेहरानका रेस्टुरेन्ट र दूतावासहरूमा काम गर्दै आएका थिए ।
युद्धको जोखिम बढेसँगै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया शुुरु गरिएको हो । यसैबीच, युद्धका कारण तेहरान छोडेका ७ जना नेपाली पनि पुनः उद्धारका लागि फर्किंदै छन् । अर्कातिर, इरानी जेलमा रहेका ५ नेपालीको भने उद्धार मिति तय भएको छैन ।
कतारस्थित नेपाली दूतावासले तीनजनाको कागजपत्र तयार गरिसकेको छ भने दुई जनासँग पासपोर्ट नै नरहेको बताएको छ । अदालतले उनीहरूलाई स्वदेश फिर्ता गर्न आदेश दिइसकेको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारत सरकारसँग सहयोग मागेकी छन् र सकारात्मक संकेत मिलेको बताएकी छिन् ।
भारतले ‘अपरेशन सिन्धु’ नाम दिएको उद्धार अभियान अन्तर्गत इरानमा फसेका तीन सय १० भारतीय नागरिकहरूलाई लिएर एक विशेष विमान दिल्ली अवतरण गरेको छ । इरानबाट फर्केकाहरुले सङ्कटपूर्ण अवस्थामा पनि सुरक्षीत घर सम्म पर्‍याएकोमा भारत सरकारलाई धन्यावाद दिएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारतीय नागरिक सहितको विमान दिल्ली आएको जानकारी दिएका हुन् । योसँगै अहिलेसम्म आठ सय २७ भारतीयहरूलाई इरानबाट सुरक्षित रूपमा फर्काइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका