जोडिनुहोस
  • होमपेज
  • ‘सुप्राग्लेशियल’ ताल फुटेरै रसुवामा बाढी आएको निष्कर्ष

‘सुप्राग्लेशियल’ ताल फुटेरै रसुवामा बाढी आएको निष्कर्ष

काठमाण्डु– असार २४ गते रसुवामा आएको विनाशकारी बाढी हिमताल विस्फोटकै कारण भएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ।

विभागले बिहीबार जारी गरेको जानकारी अनुसार, चीनसँगको सीमावर्ती क्षेत्रमा अवस्थित हिमताल विस्फोट हुँदा लेन्दे खोलाबाट पानी बग्दै भोटेकोशी नदीमा पुगेपछि बाढी आएको पुष्टि भएको हो।

बाढीको स्रोत, प्रभाव र अवस्थाबारे थप जानकारी लिन चीनबाट विस्तृत स्थलगत प्रतिवेदनको अपेक्षा गरिएको विभागले जनाएको छ।

‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, विभागले भनेको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ ।

विभागले बाढीसम्बन्धी अध्ययन जारी राख्ने र प्रामाणिक जानकारी क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

उक्त बाढीले भोटेकोशी नदी किनारका बस्तीमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीमा परी १८ जना बेपत्ता भएका छन् भने उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mother your children are like birds