समाचार
विद्यादेवी भण्डारीको पुनरागमनप्रति सुजाता कोइरालाको स्वागत: महिलाहरूका लागि उत्साहजनक कदम

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनप्रति सकारात्मक टिप्पणी गरेकी छन् ।
भण्डारीसँग खिचिएको पुरानो फोटोसहित फेसबुकमा पोस्ट गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले सक्रिय राजनीतिमा भण्डारीको पुनरागमन महिलाहरूका लागि उत्साह भएको टिप्पणी गरेकी छन् ।
नेतृ कोइरालाले आगामी राजनीतिक यात्राका लागि पूर्वराष्ट्रपति भण्डारीलाई हार्दिक शुभकामनासमेत दिएकी छन् ।
“पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीजीको ‘सक्रिय राजनीति’मा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ,” कोइरालाले भनेकी छन् ।
उनले भण्डारीलाई ‘सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्ति’का रूपमा व्याख्या गरेकी छन् । “उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ,” कोइरालाले भनेकी छन्, “उहाँलाई आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना ।”





































