जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

काठमाडौं। आर्थिक वर्ष २०८२-८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो।

बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेकोे छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका