
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णयु शैली फेरि विवादमा परेको छ। अनुशासन समिति संयोजक र उपाध्यक्ष हटाउने उनको निर्णयमाथि असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेपछि आयोगले राप्रपासँग आधिकारिक स्पष्टिकरण मागेको छ।
लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्कीलाई ल्याउँदै पुराना संयोजकलाई हटाए। त्यतिमात्र होइन, उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई समेत पदमुक्त गरिए—जसले गिरी पक्षीय नेताहरूलाई थप असन्तुष्ट बनाएको छ। साथै, प्रवक्ता सगुन लावती पनि लिङ्देनको क्लीन स्वीप अभियानको चपेटामा परे।
२९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेपछि अब लिङ्देनको एकपक्षीय निर्णयमाथि कानुनी जाँच सुरु भएको छ। राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगबाट पत्र आएको पुष्टि गरेका छन्। राप्रपाको नाममा ‘प्रजातन्त्र’ भए पनि नेतृत्वको शैली ‘प्रजासत्तावादी’भन्दा टाढा जान नचाहने देखिएको छ। अब आयोगको जवाफपछि पार्टी भित्रको शक्ति सन्तुलन कुन मोड लिन्छ, त्यो हेर्न बाँकी छ।




































