जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

गण्डकी। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन बनेका उर्मिला हायूसहितको परिवार कास्कीको पोखरा महानगरपालिका–३० गगनगौडामा फेला परेका छन्।

सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए। वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा उनीहरूलाई जिम्मा लगाइएको हो।

धनबहादुर हराएकी कमला हायूका पति हुन्। प्रहरीका अनुसार बिरामी परिरहने समस्या र धामीको सल्लाहपछि उनीहरू छेत्पाबाट हिँडेका थिए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV