जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली एलएलडिसी सम्मेलनको उद्घाटन समारोहमा सहभागी

प्रधानमन्त्री ओली एलएलडिसी सम्मेलनको उद्घाटन समारोहमा सहभागी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा शुरु भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको उद्दघाटन समारोहमा सहभागी भएका छन् ।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि सोमबार तुर्कमेनिस्तान पुगेका थिए ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली तुर्कमेनिस्तान पुगेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका