जोडिनुहोस
  • होमपेज
  • वाग्मतीका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाँले लिए शपथ

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाँले लिए शपथ

काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अपराह्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि उनले प्रदेशको छैठौँ मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हालेका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेतामा पराजित गरेर बानियाँ मुख्यमन्त्री बनेका हुन् । वाग्मती प्रदेशको सभापतिसमेत रहेका बानियाँ ०७९ पुस १३ मा लामासँग संसदीय दलमा पराजित भएका थिए । साढे दुई वर्षमा लामालाई संसदीय दलबाट हटाएर बानियाँ मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

वाग्मती प्रदेशसभाका कुल ११० सदस्यमध्ये बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थन छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका