जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा दिए निवेदन

रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा दिए निवेदन

काठमाडौं। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन दिएका छन्।

साउन १९ गते रुपन्देही जिल्ला अदालतमा दिइएको निवेदनमा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानतमा रिहा गराउन र दफा ७१ अनुसार सो सम्बन्धी आदेश दिन आग्रह गरेका छन्।

उक्त कानुनी व्यवस्थाअनुसार अदालतले मुद्दाको जुनसुकै अवस्थामा पनि अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने प्रावधान छ। लामिछानेले सहकारी ठगीमा आफू संलग्न नरहेको दाबी गर्दै आफूले जिम्मेवारी लिनुपर्ने बिगो बराबरको रकम बैंक जमानत राखेर रिहा गर्न माग गरेका हुन्।

सुप्रिम सहकारीमा ठगीसम्बन्धी अभियोगमा उनीसहितका प्रतिवादीमाथि एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ। लामिछानेले आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको रकम बैंक जमानतमा राख्न तयार रहेको जनाउँदै थुनामुक्त गरिनुपर्ने माग गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances