जोडिनुहोस
  • होमपेज
  • धरानमा पहिरोले एक घरमा क्षति, १२ घर उच्च जोखिममा

धरानमा पहिरोले एक घरमा क्षति, १२ घर उच्च जोखिममा

धरान । धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा गएको पहिरोले एक घरमा क्षति पु¥याएको छ भने १२ घरभन्दा बढी जोखिममा परेका छन् ।

तीनदिनदेखि परेको अविरल वर्षासँगै बिहीबार राति करिब १:३० बजे खसेको पहिरोले छजुङ भोटेको घरको माथिल्लो भाग भत्किएको छ । भोटेका अनुसार राति ठूलो आवाज आएपछि बाहिर निस्कँदा पहिरो खसेको देखिएको थियो ।

स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि नै पहिरोको डरमा रातभर जाग्राम बस्नुपरेको बताए ।

वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकासँगको सहकार्यमा पर्खाल निर्माणलगायत काम गर्ने जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा १२ भन्दा बढी घर उच्च जोखिममा छन् ।

हाल वडा कार्यालयले क्षतिको विवरण संकलन गरिरहेको छ । गत वर्ष पनि सोही क्षेत्रमा पहिरो जाँदा जोखिम बढेको थियो । त्यसबेला वडाबाट रु ५ लाख र नगरपालिकाबाट रु १४ लाख बजेट विनियोजन गरी रोकथाम गरिएको थियो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका