जोडिनुहोस
  • होमपेज
  • चक्रे मिलनसहित १९ जनाविरुद्ध दोस्रो पटक म्याद थप, ५ दिन हिरासतमा रहने

चक्रे मिलनसहित १९ जनाविरुद्ध दोस्रो पटक म्याद थप, ५ दिन हिरासतमा रहने

गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ ।

दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यो सँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए ।

उनीहरु सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । १९ जनालाई भने परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?