जोडिनुहोस
  • होमपेज
  • दैलेखमा १२ वर्षीया बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ

दैलेखमा १२ वर्षीया बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ

काठमाडौं । दैलेखमा तीजको नाच हेरेर घर फर्किरहेकी १२ वर्षीया बालिकामाथि पालैपालो बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई शुक्रबार पक्राउ गरिएको हो।

घटना साउन २२ गते राति भएको हो। नाच हेरेर फर्किँदै गरेका किशोरीहरूको समूहलाई ती दुई युवकले पछ्याएको प्रहरीले जनाएको छ। पछ्याइरहेको थाहा पाएपछि किशोरीहरू भागेका थिए तर एक बालिका लडेपछि उनीहरूद्वारा ढुंगामार्फत प्रहार गरी नियन्त्रणमा लिएर बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।

घटनापछि अन्य साथीहरूले पीडितका आफन्तलाई जानकारी दिएका थिए। परिवार घटनास्थल पुगेपछि आरोपीहरू भागेका थिए। पीडितको दाहिने हात मर्किएको र गुप्तांगमा चोट लागेको चिकित्सकहरूले पुष्टि गरेका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help