
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेल स्थानान्तरण प्रक्रिया रोकिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो जनाएको छ।
आयोगकी आयुक्त लीली थापा आज भैरहवा कारागार पुगेर लामिछानेसँग भेट गरेपछि उनले यो विषय संवेदनशील भएको टिप्पणी गरिन्।
ूउहाँले कारागार सरुवाका लागि निवेदन दिईसक्नुभएको रहेछ, अदालतले पनि अनुमति दिइसकेको रहेछ, थापाले भनिन्, तर अझै स्थानान्तरण भएको छैन, यो गम्भीर कुरा हो। उनले यसबारे स्पष्ट कारण पत्ता लगाउन काठमाडौं फर्किएपछि कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने बताइन्।





































