जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द

काठमाडौँ।नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने निर्णय गरेको छ।

महाप्रबन्धक हंसराज पाण्डेका अनुसार भिजिटर पासका लागि भनसुन र पहुँच नपाउने व्यक्तिको गुनासो आएपछि साउन २७ गतेदेखि भिजिटर पास वितरण रोकिएको हो।

विमानस्थलले वृद्धवृद्धा, शारीरिक असक्षम, गर्भवती र नाबालक यात्रुका लागि सहायता कक्ष व्यवस्था गरेको छ। ह्विलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीले सहयोग गर्दै आएको महाप्रबन्धकले जानकारी दिए।

साथै, सामान ‘चेक–इन’ सङ्ख्या र तौलको सीमा हवाई टिकटमा उल्लेख भएकोले त्यसको पालना गर्न यात्रुलाई अनुरोध गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका