जोडिनुहोस
  • होमपेज
  • देशभर ९१ प्रतिशत धान रोपाइँ

समाचार

देशभर ९१ प्रतिशत धान रोपाइँ

  • Sagarmatha TV
  • मङ्लबार, साउन २८, २०८२
देशभर ९१ प्रतिशत धान रोपाइँ

काठमाडौँ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो। यस वर्ष करिब १२ लाख ५४ हजार हेक्टरमा रोपाइँ भएको छ भने देशभर करिब १४ लाख हेक्टर जमिन योखीयोग्य छ।

प्रदेशगत विवरणमा सुदूरपश्चिममा ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनीमा ९८ प्रतिशत रोपाइँ भएको छ। मधेस प्रदेशमा भने मनसुन ढिलो सक्रिय भएकाले ७६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिमा ९७ प्रतिशत थियो।

तराई क्षेत्रबाट देशको कुल धान उत्पादनको ७० प्रतिशत आउने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए। गत आर्थिक वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष करिब ६० लाख मेट्रिकटन उत्पादन हुने अनुमान छ, जसबाट ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ।

जोशीका अनुसार मौसम, प्राकृतिक विपत्ति र वर्षाको असमान वितरणले रोपाइँमा प्रभाव पारे पनि उन्नत बीउ, प्रविधि र सीपको प्रयोगले उत्पादन वृद्धि हुने सम्भावना छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options