जोडिनुहोस
  • होमपेज
  • बानेश्वरमा रहेको ब्राउनसुगर डिलरको घरमा सशस्त्रको छापा, दुई युवक नियन्त्रणमा

बानेश्वरमा रहेको ब्राउनसुगर डिलरको घरमा सशस्त्रको छापा, दुई युवक नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालको इन्टिलिजेन्स ब्यूरोले साउन २६ गते साँझ काठमाडौ महानगरपालिका ३१ बानेश्वर स्थित बाशुकी मार्गबाट लागूऔषध ब्राउन सुगर सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्यूरोले धनकुटा जिल्ला पाख्रीबास नगरपालिका- ५ बस्ने ३१ बर्षका डिल्लीबहादुर कटुवाल र झापा जिल्ला भद्रपुर नगरपालिका -२ बस्ने ३० बर्षका शैलेस थापामगरलाई लागूऔषध ब्राउन सुगर अन्दाजी ३० दशमलव १५ ग्राम, गाँजा तीन पोका , ब्राउन सुगर जोख्न प्रयोग भएको तराजु १ थान , मोबाईल ४ थान तथा मोटरसाइकल सहित सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

उनीहरुका साथबाट १२ हजार ४ सय पचास नेपाली रुपैयाँ नगद समेत बरामद भएको सशस्त्र प्रहरीका सशप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बाशुकिमार्गको एक घरबाट उल्लेखित लागुपदार्थ बिक्रीवितरण गर्दै गरेको अवस्थामा उनीहलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुले लागूपदार्थ सिरहाको गोलबजारबाट ल्याइ बिक्रि गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ।

नियन्त्रणमा लिइएका उनीहरुलाई बरामद सरसामान सहित थप कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले बताए ।

धेरै टिप्पणी गरिएका