जोडिनुहोस
  • होमपेज
  • सरकार विपिनका परिवारको साथमा छ : प्रधानमन्त्री

सरकार विपिनका परिवारको साथमा छ : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विपिनको परिवारको साथमा सरकार सदैव रहेको उल्लेख गरेका छन्। विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दे उनले यसतर्फ सरकार निरन्तर लागिरहेको बताए छन्।

‘विपिनका परिवारको साथमा सरकार छ,’ प्रधानमन्त्रीले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो।’ प्रधानमन्त्री ओलीले इजरायलस्थित दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले त्यहाँका महामहिम राष्ट्रपति र संसद् अध्यक्षसँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गरेको प्रसङ्ग पनि उल्लेख गरेका छन्।

‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options