जोडिनुहोस
  • होमपेज
  • पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा

पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा

काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माण कार्य तीव्र पारिएको छ ।

गाउँपालिका अध्यक्ष टाशी लामाका अनुसार पालिकाले गौरवपूर्ण योजनाका रूपमा सुरु गरेको प्रतिमा निर्माण चार वर्षदेखि अघि बढाइएको हो । हालसम्म बुद्धको शिर निर्माण सम्पन्न भइसकेको छ ।

करिब तीन करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजना आगामी वर्षसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रतिमा निर्माण गाउँपालिका, बागमती प्रदेश र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा भइरहेको छ ।

अध्यक्ष लामाले प्रतिमा एउटै ढुङ्गाबाट तयार भइरहेको विशेषता उल्लेख गर्दै धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले यो महत्वपूण हुने बताए । उनका अनुसार धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक समृद्धि र पाँचपोखरी थाङ्पाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन प्रतिमा निर्माण अघि बढाइएको हो ।

प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाम शिलामा अंकित गरिने समेत अध्यक्ष लामाले जानकारी दिए ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?