जोडिनुहोस
  • होमपेज
  • ५० किलोको युरिया मलको बोरामा साढे ४ किलोको ढुङ्गा

५० किलोको युरिया मलको बोरामा साढे ४ किलोको ढुङ्गा

नवलपरासी, पश्चिम । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले पाएको युरिया मलको बोराभित्र ठूलो ढुङ्गा भेटिएको छ ।

वडा नं. १४ मा रहेको दाउन्नेदेवी साना किसान सहकारीमार्फत बुधबार वितरण गरिएको मलको ५० किलोको एक बोरा तीन जनाले बाँडेका थिए । तर एक किसानले बोरा खोलेर हेर्दा करिब साढे ४ किलोको ढुङ्गा/सिमेन्ट पिल्लरजस्तो वस्तु भेटिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडमार्फत आएको मलको बोरामा यस्तो वस्तु भेटिएपछि किसान आश्चर्यमा परेका छन् । किसान मानबहादुर ढकालका अनुसार ढुङ्गा कटाएर बाँकी मल मात्र किसानबीच बाँडिएको हो ।

ढकालले व्यंग्य गर्दै भने, “मल लिन बिहान २ बजेदेखि लाइन बस्दा उपहारमा ढुङ्गा पाइयो ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका