
काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चाप कायमै देखिएको छ । आज (भदौ ११ गते) पनि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पुनः पैसा तान्दै छ ।
बुधबार राष्ट्र बैंक बैंकिङ प्रणालीबाट पथ ४५ अर्ब तान्ने भएको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
केन्द्रीय बैंकले भदौ ११ गते मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुने बताएको हो । केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।यसको सावा तथा ब्याज असोज ५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।






































