जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड

प्रतिनिधि सभामा अवरोध र बहिष्कारमा रास्वपाको नयाँ रेकर्ड

काठमाडौँ। प्रतिनिधि सभामा अवरोध र बहिष्कारको सबैभन्दा लामो रेकर्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कायम गरेको छ । यसअघि नेकपा (एमाले) ले एकै अधिवेशनमा सबैभन्दा लामो अवरोध र बहिष्कार गरेको थियो ।

चालु अधिवेशनको जेठ १३ गतेदेखि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध सुरु गरेका थिए । माओवादी केन्द्रले पनि सुरुका १८ दिन साथ दिएको भए पनि जेठ २९ पछि कार्यव्यवहारमा फर्किएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै सुरु भएको अवरोध–बहिष्कार अहिले १०१ दिन पुगेको छ ।

रास्वपा असार ९ गतेदेखि बैठक बहिष्कार गर्दै आएको छ भने राप्रपाले सुरुदेखि नै बहिष्कार गरिरहेको छ । यसबीचमा प्रतिनिधि सभाको ६१ बैठक बसेका छन् ।

यसअघि एमालेले २०७८ सालमा दुई अधिवेशनमा गरी लगातार १४४ दिनसम्म प्रतिनिधि सभा अवरोध गरेको थियो । १०औँ अधिवेशनमा ९२ दिन चलेको अधिवेशनका ११ बैठकमध्ये सबै अवरोध भएको थियो ।

नेपालको संसदीय अभ्यासमा २०१६ सालको सल्लाहकार सभादेखि नै अवरोधको परम्परा रहेको मानिन्छ । विभिन्न कालखण्डमा टनकपुर सन्धि, लाउडा प्रकरण, कालापानी मुद्दा, भूमिसम्बन्धी विधेयक, न्यायाधीशमाथिको महाभियोगलगायत विषयमा संसद् अवरुद्ध हुने गरेको इतिहास छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका