जोडिनुहोस
  • होमपेज
  • ‘जेनजी’ आन्दोलनमा लुटिएका हतियार बुझाउन सेनाको चेतावनी,लुटिएका ३१ थान हतियार बरामद

‘जेनजी’ आन्दोलनमा लुटिएका हतियार बुझाउन सेनाको चेतावनी,लुटिएका ३१ थान हतियार बरामद

काठमाडौं । नेपाली सेनाले ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, गोलीगट्ठा र अन्य सामग्री तत्काल बुझाउन आग्रह गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी विज्ञप्तिमा ती सामग्री नबुझाए प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।

सेनाले हतियार दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले जानकारी भएको व्यक्तिले तत्काल सुरक्षाकर्मी वा नजिकको सुरक्षा निकायलाई सूचित गर्न पनि आग्रह गरेको छ। साथै, संवेदनशील परिस्थिति भएकाले सुरक्षाकर्मीको पोशाक नलगाउन समेत अनुरोध गरिएको छ।

लुटिएका ३१ थान हतियार बरामद
यसैबीच, सेनाले हालसम्म आन्दोलनकारीबाट लुटिएका ३१ थान हतियार बरामद गरेको जनाएको छ। तीमध्ये २३ नाल काठमाडौंका विभिन्न स्थानबाट र ८ नाल पोखराबाट फेला पारिएको सेनाले जनाएको छ। बरामद सामग्रीमा म्यागजिन र गोलीगट्ठा समेत छन्।

यसअघि, राजधानीको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटिएको ३३ लाख ७० हजार रुपैयाँ पनि सेनाले फिर्ता गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका