जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरिरहको छ। प्रयास गरेको भए सफतलता मिल्नेछ। सामाजिक राजनीति क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। दाम्पत्य जीवनमा भने खटपटी बढ्नेछ।

वृषः दिन सामान्य छ। आज सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा गर्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मान्यजनको आशिर्वाद लिएर गरेको काममा सफलता मिल्नेछ। व्यापारमा भने झमेला आइलाग्न सक्छ।

मिथुनः दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा केही ढिलासुस्ती हुनसक्छ। आम्दानीका स्रोत भेटिनेछन्।

कर्कटः दिन राम्रो छ। साथीभाइ दाहिना छन्। मिष्ठान्न भोजन मिल्नेछ। शिक्षामा केही ढिलासुस्ती हुनेछ। आम्दानीका स्रोत सबल छन्। परिवारको साथ सहयोग मिल्नेछ।

सिंहः दिन राम्रो छ। बोलीको प्रभावले तपाईंको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी फस्टाउनेछ। विदेशमा भन्दा स्वदेशमा विकल्प भेटिनेछन्। मनमा नराम्रा विचार आउन सक्छन्। बिहान उठेर पिपलको बोटमा पानी हाल्नु फाइदा हुनेछ।

कन्याः दिन सामान्य छ। अरुले गरेका गल्तीले तपाईंलाई अपजस आइलाग्न सक्छ। आज पूर्वको लामो यात्रा नजानुहोला। स्वास्थ्य र शिक्षामा भने सुधारका संकेत देखिनेछन्।

तुलाः दिन राम्रो छ। आज बनाएको योजनाको दीर्घकालीन प्रभाव पर्नेछ। परिवारको साथ र सहयोग रहनेछ। मनमा रहेको खटपटी कम हुनेछ। ठूलाबडाको साथले मनमा उत्साह थपिनेछ।

वृश्चिकः दिन सामान्य छ। कुरा काट्ने बढ्नेछन्। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। चिन्ता बढ्नेछ। आजको दिन थोरै बोलेर अघि बढ्दा राम्रो हुनेछ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। आज आफन्तको सहयोग मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आज पूर्वको लामो यात्रामा ननिस्कनु होला। अरुलाई विश्वास गर्दा घात हुनसक्छ।

कुम्भः दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अपजस पाइनेछ। राजनीतिमा आज हात नलगाउनु राम्रो हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

मीनः दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा समस्या आइपर्न सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्नु उपयुक्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries