
काठमाडौं। अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम चर्चामा आएपछि विरोध प्रदर्शन सुरु भएसँगै जंगीअड्डा वरिपरि सुरक्षा सतर्कता बढाइएको छ।बुधबार केही युवाहरूले “कार्कीलाई मान्दैनौं” भन्दै नाराबाजी गरेपछि सेनाले अतिरिक्त फौज परिचालन गर्दै वरिपरि कडाइ गरेको हो।
धरहरा क्षेत्रतर्फ भेला भएका प्रदर्शनकारीलाई सेनाले माइकिङमार्फत अनावश्यक भिड नगर्न आग्रह गरेको छ। सेनाले भीड नियन्त्रणमा कडाइ गरेको भन्दै आसपासको क्षेत्रलाई संवेदनशील घोषित गरिएको छ। स्रोतका अनुसार, आन्दोलनले थप रूप नलियोस् भनेर सेनाले जंगीअड्डा वरिपरि आवतजावतमा विशेष निगरानी बढाएको छ।



































