
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु र निषेधाज्ञा हटाएको छ । जेनजी पुस्ताको प्रदर्शनसँगै सुरु काठमाडौंमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा हटाइएको हो ।
“पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा २०८२/०५/२८ गते (आज)देखि हटाइएको छ,” जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै भनेको छ, “संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको छ ।”






































